यू–१७ साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २३ भदौ । भुटानलाई २–१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले सान्त्वना गोल फर्काए ।

समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्ने छ ।

समूह ए बाट भने बंगलादेशलगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५–१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४–० ले हरायो ।

शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुंगो लगाउने छ । भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान भारतसँग ३–० ले पराजित भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board