कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला, २२ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।

‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । 

केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि केही व्यक्तिले दुव्र्यवहार गरेका थिए । त्यसको विरुद्धमा कर्मचारी आन्दोलित बनेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति