नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु

काठमाडौं, २२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

सोही अवधिमा १६५२०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board