नेपालमा २३० कोरोना संक्रमित थपिँदा दुई जनाको मृत्यु

काठमाडौं, २२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ७८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

सोही अवधिमा १६५२०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा कोरोनाका २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति