कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामाको घोषणा

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् ।

भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । उक्त घटनालाई अतिरञ्जित बनाइ डा. साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुजी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो ।

विवाद बढ्दै जाँदा चिकित्सकहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board