पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, २२ भदौ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बीचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ ।

आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् ।

पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति