माओवादीसँग पार्टी एकता हुनसक्छ : बाबुराम भट्टराई

सुर्खेत, २२ भदौ । नेपाल समाजवादी पार्टी कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)सँग एकीकरण र ध्रुवीकरण सम्भावनालाई ध्यान दिँदै चुनावी तालमेल गर्न लागिरहेको बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश भेलामा सहभागी भएका पार्टी अध्यक्ष डा.भट्टराईले मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले डा.बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । पार्टी अध्यक्ष डा.भट्टराईले दल दर्तासँगै पार्टीलाई चुनावमा सक्रिय बनाउनका लागि देशभरको दौडधुपका क्रममा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका हुन् ।

डा.भट्टराईले पार्टीले दुई वटा टिम बनाएर प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा देशभर अभियानमा दौडिएको बताए । उनले भने, “मसँगै सहअध्यक्ष गोविन्द चौधरीलगायतका नेताहरू सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशतिर हिँडेका छौँ । भने अन्य साथीहरू पूर्वतिर हिँडेका छन् । हामी चुनावी दौडान् मै कर्णाली पुगेका हौँ ।”

यसैक्रममा कर्णाली पुगेका डा.भट्टराईले नेपालको राजनीतिमा आफूले बनाएको निर्वाचन प्रणालीमा विभिन्न कारणले अस्थिरता र तरलता भए पनि आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको बताए । । उनले भने, “हामीले गठबन्धन बनाएर विचार मिल्ने नजिककासँग मात्रै तालमेल गरेर निर्वाचन जाँदै छौँ । त्यसैले भर्खर गठन भएको नेपाल समाजवादी पार्टीको यो अभियान देशैभरि थालिएको हो ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति