सांसद अमरेश सिंहलाई सर्लाही कांग्रेसले गर्यो निलम्बन

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीले प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहलाई कारबाही गरेको छ ।

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनलाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो ।

जिल्ला सदस्य विकास ठाकुरले नेता सिंहलाई निलम्बन गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, ‘स्थानीय निकायको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरुलाई अन्तरघात एवम् असहयोग गर्ने नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ का सांसद मा। डा। अमरेशकुमार सिंहलाई अनुशासन समितिको २०७९–०३–०२ को निर्णयअनुसार पार्टीबाट निलम्बन गरिएको छ ।’

जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको पाइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board