कर तिर्न क्यासिनोहरूलाई काठमाडौं महानगरको निर्देशन

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनाे प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५/७६ देखि कर तिरेका छैनन् । 

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् । 

सात दिनभित्र कर नतिर महानगरपालिकाको राजस्व ऐन, ०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति