बार्सिलोना र रियल मड्रिडको जित

काठमाडौँ, १९ भदौ । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना र रियल मड्रिडले जित निकालेका छन् । रोबर्ट लेवान्डोवस्कीले जारी लिगको तीन खेलमा पाँच गोल गर्दा बार्सिलोनाले सेभियामाथि ३–० को सहज जित निकाल्यो ।

२१औँ मिनेटमा राफिन्होको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ३६औँ मिनेटमा लोवान्डोवस्कीले बार्सिलोनाको अग्रता दोब्बर पारे । ५०औँ मिनेटमा गार्सियाले गरेको गर्दा बार्सिलोनाले सहज जित पायो । बार्सिलोना १० अंकसहित दोस्रो स्थानमा छ ।

यता, अर्को खेलमा रियल बेटिसमाथि २–१ को जित निकाल्दै साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा शतप्रतिशत जित यात्रा कायम राखेको छ ।

सान्टियागो बर्नबेउमा घरेलु टिमको जित यात्रालाई कायम राख्न भिनिसियस जुनियर रोड्रिगोले गोल गरे । रियल बेटिसका सर्जियो क्यानालेसले गोल गरेका थिए ।

जितसँगै चार खेलबाट १२ अंक जोडेको मड्रिड शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट ९ अंक जोडेको बेटिस तेस्रो स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board