भाेलि काय अष्टमीका दिन काठमाडाैँकाे कागेश्वरीमा मेला

काठमाडाै, १८ भदाै । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा हरेक काय अष्टमीका दिन मेला लाग्दछ । यस नगरपालिकाको नाम पनि सोही कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको छ जसले यस मन्दिरको महत्वलाई प्रष्ट पारेको छ ।

नेपालकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेवको मन्दिरमा हरेक बर्ष काय अष्टमीका दिन मेला लाग्ने गरेको छ । यस मन्दिरमा मेला भर्नको लागि काठमाडौं उपत्यकाको साथै देश विदेशबाट समेत भक्तजनहरु आउने गरेका छन् । रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहदै आएको छ । कागको रूपमा रहेका कागेश्वर महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ ।

कागेश्वरी मन्दिरसम्म पुग्नको लागि चावहिल–जोरपाटी–डाँछी–भद्रवास–आलोपोट,चाबहिल सुन्दरीजल मेलम्ची पुल आलापोटबाट र चाबहिल जोरपानी ब्रम्हखेल गागलफेदी हुँदै पनि कागेश्वरी महादेव भएको स्थानमा पुग्न सकिनेछ ।

कागेश्वरी महादेव मन्दिरको धार्मिक महत्व
काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन मेला लाग्नेछ । मेलाको धार्मिक एवम् सास्कृतिक विश्वास रहिआएको छ । कागेश्वरी मन्दिर किंवदन्ती अनुसार कागले गाईको दुध पहरामा रहेका शिव लिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको र पछि यस मन्दिरको निर्माण भएको जनविश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको छ ।

शिवपुरी नागार्जुन राष्टिय निकुञ्जमा कागेश्वरी महादेवको मन्दिर रहेको छ । कागेश्वरी मनहरा नगरपालिका– १ गागलफेदीमा अवस्थित यो धार्मिक तथा पर्यटकीयस्थल पनि हो । मेलामा हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ । कागेश्वरी मेलामा हिन्दु धर्मालम्बीको साथै बौद्ध धर्माबलम्बीहरू पनि त्यतिकै ठुलो संख्यामा सहभागी हुने गरेका छन् ।

सत्ययुगमा सतीदेवीको अंग पतन भएर यहाँ एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी कथामा उल्लेख छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको छ । यस क्षेत्रबाट राजधानी काठमाडौंको दृष्यावलोकन समेत गर्न सकिन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board