भारतको बाराबंकीमा बस दुर्घटना ४ नेपालीको मृत्यु

१८ भदौ । बाँकेको सीमावर्ती शहर रुपैडिहाबाट गोवाका लागि गएको बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ ।

भारतीय पत्रकार नवी अहमदले दिएको जानकारी अनुसार उत्तर प्रदेशको बाराबंकीमा शनिबार बिहान बस दुर्घटना भएको थियो । बस पन्चर भएपछि सडकको छेउमा रोकेर टायर परिवर्तन गर्दै गर्दा पछाडीबाट तीब्रगतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।

बसमा कति जना सवार थिए भन्ने विवरण नआएपनि चार जनाको मृत्यु भएको र ६ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई जना बाँकेको बिनौना, एक जना दाङको तुलसीपुरका रहेका छन् भने एक जना नेपालीको अझै सनाखत हुन सकेको छैन ।

नेपालगञ्जको नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज माधव रिजालले बस दुर्घटना भएर नेपालीको मृत्यु भएको खबर आएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board