१८ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

विराटनगर, १८ भदौ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका थिए ।

केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको छ ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । युवक भने उम्किएर भागेका थिए भने किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।

सो समूहबाट भागेका युवकले गाउँमा गएर होहल्ला गरेपछि किशोरीलाई नियन्त्रणमा लिएर करणी गर्नेहरू भागेको डीएसपी श्रेष्ठले बबताए ।

कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुवैजनाको घाउ जाँच गराइसकेको छ ।

पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अरु चार जना फरार छन् । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board