कोलम्बिया बिस्फोटमा ८ प्रहरी अधिकारीको मृत्यु

कोलम्बिया, १८ भदौ । दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार बिस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति