काठमाडौँ, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम अहिलेसम्म तीन क्षेत्रबाट सिफारिस भएको छ ।
राणालाई कैलाली–५ र बाँके–३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेवार सिफारिस गरिएको छ ।
कैलाली–५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।
यस्तै, कांग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले राणालाई प्रतिनिधिसभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र समानुपातिकमा उनी पत्नी राणाको नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया