गोरखा १ बाट प्रचण्ड र २ बाट नारायणकाजीको नाम सिफारिस

काठमाडौँ, १८ भदौ । नेकपा (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको गोरखामा माओवादीले प्रस्तावित उम्मेदवारको टुंगो लगाएर सिफारिस गर्ने निर्णय गरेको हो ।

गोरखा १ बाट अध्यक्ष प्रचण्डसहित प्रत्यक्षतर्फ तीन जना र २ बाट श्रेष्ठसहित चारजनाको नामा सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा प्रचण्डसहित केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) र नेतृ सुशीला सिङ्खडाको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादीले जनाएको छ ।

त्यस्तै, क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरूङ र परशुराम रम्तेको नाम सिफारिस भएको छ भने १ ‘ख’मा केन्द्रीय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य ध्रुव भट्टको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ मा पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणि खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश ‘क’मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र प्रदेश समिति सदस्य धना तमु तथा प्रदेश क्षेत्र ‘ख’मा केन्द्रीय सदस्य भगवती तिवारी, माओवादी बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरूङ र बासु पोखरेलको नाम सिफारिस गरिएको माओवादी केन्द्र गोरखाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति