झापामा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्‍यु

झापा, १७ भदौ । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्‍यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकका अनुसार जंगलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा ज्यान गएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति