राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक जस्ताको तस्तै पारित

काठमाडौं, १७ भदौ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको भदौ १७ गतेको बैठकले पुनः पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए ।

विधेयक प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ । राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति