सोलु । प्रहरी काम कारवाहीको सिलसिलामा कुनै व्यक्ति बेहोस भइ मुटुको धड्कन नचलेमा उपचार गर्ने विधिबारे प्रहरीलाई तालिम दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुमा कार्यरत ५० जना प्रहरी कर्मचारीलाई सो तालिम दिइएको हो ।
ग्राण्डी इन्टरनेशनल अस्पताल काठमाडौंबाट सोलु आएका डा. कमल थापाले प्रहरीलाई सो तालिम दिएका हुन् ।
मुटुको धड्कन नचलेको अवस्थामा फेला परेका व्यक्तिलाई प्राथमिक उपचार अन्तर्गत CPR (Cardio Pulmonary Resuscitation) विधिबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक अभ्यास मार्फत महत्त्वपूर्ण प्रशिक्षण दिएको जिप्रका सोलुले जनाएको छ ।


प्रतिक्रिया