पाकिस्तानमा बाढीको कहर : सिन्धमा १०० किलोमिटर चौडाइको ताल

इस्लामाबाद, १७ भदौ । पाकिस्तानको घातक बाढीले सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको छ । नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्धु नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको देखाएको सीएनएनले जनाएको छ ।

तस्विरमा सिन्धुको बहाव बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो ।

पाकिस्तानमा १ दशकपछिकै ठुलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको छ । बाढीका कारण दजनौँ मानिस हराइरहेका छन् भने ३ हजार ५ सय जना घाइते भएका छन् । बाढीले देशका ३ करोड ३० लाख मानिस प्रभावित छन् । बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ ।

बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति