श्रीलंका सुपर चारमा

काठमाडौँ, १७ भदौ । बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट–२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहामा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भयो । कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए । कप्तान डुसान शानाकाले ४५ रन जोडे । यस्तै, पाथुम निसांकाले २० रन बनाए । बंगलादेशका इबादत होसेनले तीन विकेट लिए ।

बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८३ रनको योगफल तयार गरेको थियो । बंगलादेशका लागि अफिफले ३९ तथा महमुदुल्लाहले २७ रन थपे । ओपनर मिराजले २६ तथा साकिब अल हसनले २४ रनको योगदान गरे । श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र र चामिका करुणारत्नेले समान दुई विकेट लिए ।

समूह ‘बी’बाट अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्ने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board