भाजपा नेता सुखवीरको गोली हानी हत्या

काठमाडौँ, १७ भदौ । भारतको हरियाणाको गुरूग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन् ।

पश्चिम गुरूग्रामका डिसिपी सहारनले सो घटनाको पुष्टि गरेका छन् । उनी कपडा किन्न सो पसलमा गएका थिए ।

भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्वअध्यक्ष सुखवीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकट व्यक्ति रहेको बताइएको छ ।

गुडगाउँ प्रहरीले सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान सुरू गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति