पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक 

काठमाडौं, १६ भदौ । पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन । 

अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा  आज बिहान ६ बजे पहिरो खसेको थियो । 

पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ । 

चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति