टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं, १६ भदौ  । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

फक्राउ पर्नेमा उदयपुर गाइघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो ।     

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति