एसिया कप : भारत सुपर फोरमा

काठमाडौँ, १६ भदौ । हङकङलाई हराउँदै भारत एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा हङकङलाई ४० रनले पराजित गर्दै भारत अघिल्लो चरण प्रवेश गरेको हो ।

भारतले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले ५ विकेटको क्षतिमा १५२ रन मात्र बनाउन सक्यो ।

हङकङका बाबर हायतले सर्वाधिक ४१ रनको पारी खेले । यस्तै, किन्चित शाहले ३०, जिशान अली र स्कट म्याकेचनीले अविजित २६ र १६ रन जोडे ।

भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रविन्द्र जडेजा र अवेश खानले समान एक–एक विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९२ रन बनायो ।

मध्यम सुरूवात गरेको भारतका ओपनरद्व लोकेश राहुल ३६ र रोहित शर्मा २१ रनमा आउट भए । यस्तै, विराट कोहली ५९ र सूर्यकुमार यादव ६८ रनमा नटआउट रहे ।

कोहलीले ४४ बलमा ३ छक्का र ४ चौका हिर्काए भने यादवले २६ बलमा ६ छक्का र ६ चौकासहित ६८ रनको योगदान दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board