काठमाडौँबाट एमालेका उम्मेदवार सिफारिस, को कहाँबाट ? (सूचीसहित)

काठमाडौँ, १६ भदौ । नेकपा (एमाले)ले आगामी निर्वाचनका लागि काठमाडौँका १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ ।

बुधबार एमाले क्षेत्रीय कमिटी बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै उम्मेदवारको नाम सिफारिस गरेको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट दुई पटक जितेका रामवीर मानन्धर यसपटक सिफारिसमा परेका छैनन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ बाट कृष्ण राई र ८ बाट राजेश शाक्यको एकल नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य दुई क्षेत्रबाट सिफारिसमा परेका छन् ।

काठमाडौँ–१ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराई, क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ बाट कृष्ण राईको नाम सिफारिस भएको छ ।

त्यस्तै, काठमाडौँ–४ बाट राजन भट्टराई र निर्मल कुँइकेल, काठमाडौँ–५ बाट ईश्वर पोखरेल, ६ बाट कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

काठमाडौँ–७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्त, काठमाडौँ–८ बाट राजेश शाक्य, क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस भएको छ ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम भने सिफारिस गरिएको छैन । तर, उनले काठमाडौँ–८ बाट चुनाव लड्न चाहेमा टिकट पाउने नेताहरू बताउँछन् ।

६ लाख ३७ हजार ७७५ मतदाता रहेको काठमाडौँमा स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने एमाले र कांग्रेसमा धेरै अन्तर देखिँदैन । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँका विभिन्न पालिकामा वडाध्यक्षले प्राप्त गरेको मत जोड्दा कांग्रेसको १ लाख ५७ हजार ३४२, एमालेको पक्षमा १ लाख ५३ हजार ९१२ र राप्रपाको २६ हजार ९१५ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति