बामेखोला घटना : पाँच जनाविरुद्ध किटानी जाहेरी

सुर्खेत, १५ भदौ । मंगलबार साझ झडपबाट मृत्यु भएका वीरेन्द्रनगर–१० का रोशन जिसीका आफन्तले किटानी जाहेरी दिएका छन् । जिसीका आफन्तले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

जिसीका बुबा ६५ वर्षीया गणेशबहादुर जिसीले वीरेन्द्रनगर–१० पठान टोल बस्ने १८ वर्षीय कुमार परियार, २५ वर्षीय ओमप्रकार सुनार, सनो सुर्खेतका २५ वर्षीय मीनु नेपाली, २३ वर्षीय न्युटन शाही र २८ वर्षीय गणेश नेपालीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति