पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ

दाङ, १६ भदौ । बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले बाँकेबाट एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् ।

उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

बुधबार बिहान अवैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।

केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति