तीजमा नाच्दै गर्दा चट्याङ लागेर दुई चेलीको मृत्यु

दाङ भदौं १६ । घोराही उपमहानरपालिका १२ गुरौँ गाउँ निवासी कुलवीर बुढाको घरको आँगनमा नाच भइरहेको बेला राति करिब साढे ११ बजे चट्याङ्ग पर्‍र्दा नाच्दै गरेकी १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मनिषा शाह एक्कासि ढले।

दुवै जनालाई चट्याङले जलाइसकेको थियो। दुबै जनाको घटनास्थलमा मृत्यु भयो। बाँकी नाच हेर्न पुगेका ९ जनालाई पनि चट्याङले छोयो, उनीहरू घाइते भए । मंगलबार राति घटना भयो, तर भौगोलिक विकताका कारण उनीहरूलाई अस्पताल ल्याउन सकिएन । हापुरबाट हिँडेर चार घण्टा लाग्ने दूरीमा गुरौँ गाउँ पर्छ ।

घटना भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीको टोलीलाई त्यसतर्फ पठाएको थियो। घाइतेहरूलाई डोकोमा बोकेर अस्पताल ल्याउन थालिएको छ ।

चट्याङ परेर स्थानीय वर्ष १५ की निरुता शाह, १५ वर्षकै जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा, ३८ वर्षकी यम कुमारी शाह मध्यम घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

‘मध्यम घाइतेहरूलाई डोकोमा राखेर उपचारको लागि ल्याउन थालिएको छ। घाइतेहरू बोल्न सक्ने अवस्थामा हुनुहुन्छ’, उनले भने, ‘अन्य पाँच जना सामान्य घाइते हुनु भएको छ ।’

सामान्य घाइते हुनेमा वर्ष १४ की अन्जना घर्ती, वर्ष ३८ की बेलकुमारी घर्ती, वर्ष १५ की साबित्रा वली, वर्ष ४२ की मनकुमारी वली, वर्ष ४ की जेनिशा शाह रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति