२४ घन्टामा विपद्का ११ घटना, ४ जनाको मृत्यु

काठमाडौँ, १५ भदौ । पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुदाँ ४ जनाको निधन भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथै चार जना घाइते भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर बिष्फोटको घटना जस्ता कार्य बितेका २४ घन्टामा घटेका हुन ।

यी सबै ११ घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति