एमालेमा फर्किने घोषणा गरेका तामाङलाई एकीकृत समाजवादीले गर्‍यो कारबाही

काठमाडौँ, १५ भदौ । नेकपा (एकीकृत समाजवादी) छोडेर नेकपा (एमाले)मा फिर्ता हुने घोषणा गरेका तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तामाङले सोमबार प्रदेशसभामा विशेष समय माग गर्दै एमालेमा फिर्ता हुने घोषणा गरेका थिए ।

पार्टीको अनुशासान र मर्यादाविपरीत वैधानिक व्यवस्थाविरूद्ध संसद् बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनका अनुसार तामाङलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न सिफारिस गरिएको छ ।

उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ ।

तामाङ एमाले विघटनपछि नेकपा (एकीकृत समाजवादी)मा गएका थिए । तामाङ सुदूरपश्चिम प्रदेशमा ६ महिनाअघि आर्थिक मामिला तथा योजनामन्त्री समेत भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board