काठमाडौँ, १५ भदौ । सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ ।
आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँडका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १ सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।
यद्यपि, शीर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि आज बैठक बस्न लागेको हो ।
प्रतिक्रिया