चौताराका मेयर सापकोटामाथि आक्रमणको भिडियोलाई महेश बस्नेतलाई लखेटे भनेर प्रचार गरियो… (भिडियो)

काठमाडौं, १४ भदौ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहकाे निर्वाचनताकाकाे हाे । सार्वजनिक कार्यक्रममा उनीमाथि आक्रमण भएको देखिन्छ । आक्रमण हुन थालेपछि उनी भागेको र ‘पुलिस खोइ’ भन्ने आवाज पनि सुनिन्छ । 

यसबारे बुझ्न खोज्दा मेयर सापकोटाको मोबाइल स्विच अफ छ । उपमेयर सीता थापा, नगरपालिकाका सूचना अधिकारी राजभाइ श्रेष्ठले फोन रिसिभ गरेनन् । प्रशासकीय अधिकृत रामबहादुर केसीले भने आफू कार्यालयको काम विशेषले काठमाडौंमा रहेकाले केही जानकारी नरहेको बताए ।

मेयर सापकाेटा सभामुख अग्निप्रसाद सापकाेटाका भाइ हुन् । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा  सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे हाे । तर केही सामाजिक सञ्जाल प्रयाेगकर्ताले भने एमाले नेता महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट खेदिएको भन्दै पाेस्ट गरेका छन् ।

https://www.facebook.com/100006805539429/videos/809309507174496/
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति