विश्वकप क्रिकेटको ट्रफी आज सगरमाथा नजिक, भोलि भक्तपुरमा

काठमाडौँ, १४ भदौ । यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल आइपुगेको छ ।

विश्वकप ट्रफी विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने क्यानका जनरल म्यानेजर वृतान्त खनालले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान सगरमाथाको काखमा रहेको गोक्यो तालमा विश्वकप ट्रफी प्रदर्शनी गरिने छ भने बुधबार बिहान भक्तपुर दरबार स्क्वायर ट्रफी प्रदर्शनीमा राखिने छ । क्रिकेट प्रेमी सर्वसाधारणले पनि ट्रफी हेर्न र तस्बिर खिच्न पाउने छन् ।

‘ट्रफी टुर’ अन्तर्गत विश्वकप ट्रफी नेपाल ल्याइएको हो । टी–२० विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो। टी–२० विश्वकप क्रिकेटको सय दिने काउन्टडाउन सुरु गर्दै ट्रफी विभिन्न मुलुकमा भ्रमण गराइएको हो ।

गत जुलाईमा अष्ट्रेलियाको मेलबर्नमा सय दिने काउन्टडाउनसँगै ट्रफी टुरको शुभारम्भ गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board