एन्फालाई ७ हजार अमेरिकन डलर जरिबाना

काठमाडौँ, १४ भदौ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ७ हजार अमेरिकी डलर जरिबाना तोकेको छ ।

कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिबाना तोकेको हो ।

प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाहको क्रियाकलापलाई लिएर एन्फालाई जरिबाना गराएको हो ।

‘प्रशिक्षका कारण एन्फालाई जरिबाना परेको हो, प्रशिक्षकले त्यस्तो काम गर्नु हुँदैनथ्यो’ एन्फाको प्रवक्ता सुरेश शाहले भने ।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए पनि अब्दुल्लाहले सो नियम उल्लंघन गरेर ‘ड्रेसिङ रुम’ मा गएका थिए । एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको तथा सोही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिबाना गर्ने निर्णय लिएको हो ।

सो घटनापछि एएफसीले एन्फालाई ६ हजार डलर तथा इन्डोनेसियाविरुद्धको खेलको दोस्रो हाफमा खेल ढिला गराएपछि नेपालले थप एक हजार अमेरिकी डलर जरिबाना तिर्नु परेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board