काठमाडौँ, १४ भदौ । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गरेको छ । आयोगले सोमबार आचारसंहिता राजपत्रमा प्रकाशित गरेपछि सार्वजनिक भएको हो ।
आचारसंहिता सार्वजनिक भए पनि आयोगले निर्णय गरेका दिनदेखि मात्रै लागु हुने छ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको हो ।
आयोगले तोकेको निर्वाचन आयुक्तको नेतृत्वमा गठन हुने केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन, गृह र सञ्चार मन्त्रालयका सचिवहरू रहने छन् । यस्तै, जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरीय आचारसंहिता अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी सहसंयोजक, प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुख सदस्य रहने छन् ।
https://drive.google.com/file/d/1rWN2VEcGvHoQbl1wp3TitHKCqsfk-WAK/view?usp=sharing
प्रतिक्रिया