टी–२० श्रृङखला: नेपाल केन्यासँग ७ रनले पराजित

काठमाडौं, १३ भदौ । टी–२० श्रृङखलाको चौथो खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको छ । नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले १ सय १ रनको विजयी लक्ष्य पाएको थियो ।

२० ओभरमा सबै विकेट गुमाउँदै नेपालले ९४ रन मात्रै जोड्न सक्यो । नेपालका लागि रोहित पौडेलले ४७ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याको वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए । एलिज ओटिन्हो सेम एन्गोचे र भिराज पट्टेलले समान दुई विकेट लिए ।

आज पराजित भएसँगै नेपाललाई केन्यासँगको श्रङ्खलाको उपाधि जित्न भोलि हुने अन्तिम खेलमा जित निकाल्नै पर्ने दवाव छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board