एनसेलको सेवा अवरुद्ध प्रकरण : दूरसञ्चार प्राधिकरणले सोध्यो स्पष्टीकरण

काठमाडौं । एनसेलको आज बिहान केही घण्टा सेवा अवरुद्ध भयो । त्यसबारे सेवाग्राहीलाई पनि ढाट्यो, नियमन निकाय दूरसञ्चार प्राकिरणलाई पनि कुनै जानकारी गराएन ।

सकेसम्म एनसेलले आफ्नो सेवा अवरुद्ध भएको सार्वजनिक गर्न चाहेको छैन । अहिलेसम्म एनसेलले आफ्नो सेवा केही घण्टा बन्द भएकोबारे आधिकारिक कुनै धारण सार्वजनिक गरेको छैन । अहिले पुनः सेवा सञ्चालनमा आएपछि एनसेलले सेवा अवरुद्ध हुनुको कारणबारे खुलाएको छैन भने सेवाग्राहीसँग क्षमा समेत मागेको छैन ।

दूरसञ्चार प्राधिकरणले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउन निर्देशन दिएको छ ।

एनटीएका निर्देशक अर्जुन घिमिरेले एनसेललाई के कारणले सेवा अवरुद्ध भएको हो जानकारी गराउनका लागि भनेको बताए । उनले भने, ‘के कारणले एनसेलको सेवा रोकिएको हो त्यो जानकरी गराउन भनेका छौं । भोलि वा केही दिनमा एनसेलले जानकरी दिने छ ।’

एनसेलको मिडिया प्रमुख बिशाखा खड्काले एनसेलको सेवा ४५ मिनेटदेखि १ घन्टासम्म सेवा अवरुद्ध भएको बताइन् । उनले भनिन्, ‘हाम्रो सेवा कतै तार काटिएर बन्द भएको हो । बन्द भएको १ घन्टामा सेवा पुनः सुचारु भएको थियो । सेवा के कारणले बन्द भएको हो भन्ने कुरा एनटीएलाई जानकारी गराउने छौं ।’

आज बिहान एनसेलको कुनै नम्बरमा कल नलाग्ने, एसएमएस नजाने र एनसेलको एप समेत चलेको थिएन । एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति