महानगर अभियान : अब कहा भत्कीन्छ ?

काठमाडौं, १३ भदौं । काठमाडौं महानगरले महानगरभित्र बनेका अवैध संरचना भत्काउने अभियानलाई तीब्रता दिइरहेको छ ।

महानगरले दिएको ३५ दिने सूचनाको अवज्ञा भएपछि महानगरले प्रहरीको सहयोगमा डोजर लगाएर भत्काउने काम गरेको हो । काठमाडौ महानगरपालिकाले पार्किङको व्यवस्थापन गर्न र सुन्दर बनाउन नक्सा पास बिना बनेका सबै संरचना हटाउन सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले भदौ ९ गते बुधवार देखि थालिएको अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने कामलाइ निरन्तर जारी राखेको छ ।

बुधबार सुनधारास्थित काठमाडौं मल र न्यूरोडस्थित आरबी कम्प्लेक्सबाट शुरुभएको अभियान नया“बानेश्वरस्थित अल्फाबिटा कम्प्लक्ेसहुदै आइतबार भोटाहिटी–रत्नपार्कको अण्डरपास सम्म आइपुगेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनधिकृत संरचनाहरु हटाउन निर्देशन दिए संगै उनको अभियानमा खुसीहुने मानिसका साथै असन्तुस्टि ब्यक्त गर्नेहरु पनि छन् । महनगरले ३५ दिने सूचना जारी गरेपनि मल, कम्प्लेक्सहरुका सञ्चालकहरुले आफूहरुलाई यो विषयमा जानकारी नदिएको बताएका छन् । भाडामा बस्ने व्यवसायहरुले सूचना बिना नै संरचना भत्काइएको भन्दै आक्रोस व्यक्त गरेका छन् । मेयर साहले सामाजिक सञ्जालमार्फत अवैध संरचना भत्काउ“दा भाडावालालाई हुन गएको समस्या र क्षतिको विषयमा मालिकबाट क्षतिपूर्ति गराउनेतर्फ कामपाले हदैसम्मको पहल गर्ने जानकारी गराएका छन् ।

यस्तै मेयर शाहले कानून नमान्ने मिचाहा वर्गलाई कानून मिचिरहन नदिने बताएका छन् । उनले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै आवश्यकता र औचित्यका आधारमा महानगरले कार्यकारिणी शक्तिको प्रयोग गर्ने बताएका छन् । उनले अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न मूलतः रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको बताएका छन् ।

बिभिन्न दलका नेताहरुले भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाएका थिए ।

मेयर शाहले आलोचना खेपिरहदा काठमाडौंमहानगरकी उपमेयर सुनिता डंगोलले भने आफु सर्मथनमा रहेको बताएकी छन् । अनधिकृत संरचनाहरु हटाइरहदा उपमेयर सुनिता डंगोलको अनुपस्थिति रहेको भन्दै विभिन्न टिकाटिपणी भएको थियो ।

उपमेयर डंगोलले महानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन् । उनले आइतबार सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै महानगरको यो अभियानमा आफ्नो साथ, सहयोग र पूर्ण समर्थन रहेको बताएकी छिन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board