केपी ओली र रविन्द्र मिश्रबीच अढाई घण्टा सम्वाद, चुच्चे नक्सासहितको एक मुट्ठी सिक्का मिश्रलाई उपहार

काठटमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ ओली निवास बालकोट पुगेका नेता मिश्र र ओलीबीच अडाई घण्टा कुराकानी भएको थियो । भेटबारे मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन् ।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौं विषयमा छलफल भएको मिश्रले बताएका छन्।

त्यस्तै, आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएको थियो।

मिश्रले फेसबुकमा लेखेका छन्–

ओलीजीसँग अढाई घण्टा
“तपाईं धर्म(संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छरु” मैले सोधेँ। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।”
उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२र०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो। आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।
सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ१

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति