नेपाल र केन्याको चौथो खेल आज

काठमाडौँ, १३ भदौ । नेपाल र केन्याबीचको चौथो टी/२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

शृंखलामा २/१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ । पाँच खेलको टी/२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।

आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति