चीनमा भारी वर्षापछि ४६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

सिचुआन, १३ भदौ । चीनको सिचुआन प्रान्तमा शनिबारदेखि परेको भारी वर्षाका कारण रातारात ४६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले चेङ्दु, गुआङ्युआन र गार्जे तिब्बती स्वायत्त प्रिफेक्चरलगायतका सात सहर र प्रिफेक्चर प्रभावित भएको जनाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार सिचुआनका सहरह, प्रिफेक्चर र चेङ्दुको उत्तर र उत्तरपश्चिममा यो साताको अन्त्यमा भारी वर्षा हुनेछ भने मियानयाङ, याआन, गुआङ्युवान, देयाङ, आबा र गार्जे प्रान्तहरूमा पनि मध्यमदेखि भारी वर्षा हुने छ । केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले आइतबार बिहान पानी पर्नका लागि ब्लू अलर्ट जारी गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार बिहान पूर्वी सिचुआनलगायत देशका केही भागहरूमा उच्च तापक्रमको लागि पहेंलो चेतावनी जारी गरेको थियो । चीनमा ६ दशकयताकै सबैभन्दा खराब गर्मीले देशको आर्थिक क्षेत्रलाई प्रभावित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति