माओवादी प्रदेश १ ले यसअघि सिफारिस भएकालाई उम्मेदवार नबनाउने

काठमाडौँ, १३ भदौ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यसअघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलरसमेत जारी गरेको छ ।

बैठकको निर्णायानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन ।

समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन माताहातको कमिटीलाई निर्देशन दिएको छ ।

यसरी सिफारिस भएका नेताको नाम २० भदौभित्र प्रदेश कार्यालयमा पठाउनु पर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति