भारतसँग किन्नेभन्दा बढी बिजुली यसै वर्ष निर्यात गर्छौं : कुलमान

काठमाडौं, १२ भदौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९र८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेको छ । ऊर्जा मन्त्रालयमा आोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताए । ‘अब बिजुलीको व्यापारमा हामीले घाटा सहनुपर्दैन,’ उनले भने,’यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौं, त्यो भन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौं ।’ उनका अनुसार कात्तिकसम्म नै भारतमा बिजुली निर्यात हुनेछ । त्यसपछि आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुनेछ । अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँसम्ममा बिजुली बिक्री भइरहेको र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए ।

‘बिजुली निर्यातको यो वर्षको आँकडाले हाम्रो ‘माइन्डसेट’ नै चेन्ज गरिदिएको छ,’ उनी भन्छन्,’वर्षायाममा जसरी राम्रो मूल्यमा भारतमा बिजुली बेचिरहेका छौं, यसलाई बढाउनपर्छ, त्यसका लागि वषरको पानी अधिकतम् सदुपयोग हुने गरी आयोजनाहरु डिजाइन गर्नुपर्छ ।’ त्यसकै आधारमा विद्युत आयोजनाको डिजाइनमा ‘क्यू ४०’को साटो ‘क्यू २५’को नीति लिन लागिएको उनले जानकारी दिए । प्राधिकरणले हालसालै देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स०को डे(अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ । थप आयोजनाहरुको पनि प्रस्ताव पठाउन निजी क्षत्रेका आयोजनाहरुबाट कागजात मागिएको घिसिङले बताए । अहिले प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । अहिले ३६४ मेगावाट बिजुली भारतमा निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गर्छन् ।

चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी आईएक्सको डे(अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक(फरक हुने गरेको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट० मा विद्युत बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ । गत आव २०७८र७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर(मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ ।

गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७४१ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो । योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङका अनुसार अहिले वर्षमा करिब २५ प्रतिशतले विद्युत् खपत बढिरहेको छ । यसले सन् २०३०सम्म नेपालले प्रतिव्यक्ति १५ सय युनिट बिजुली खपत हुने अवस्था समेत देखाइसकेको बताए । त्यसका लागि वातावरण बनाउन थप लगानी आवश्यक पर्ने भन्दै उनले प्राधिरकणले गरेको १६ अर्ब नाफा पूर्वधार निर्माणर्म उपयोग हुने बताए । ‘१८ वटा शहरमा सन् २०५०सम्म विद्युत खपत कति हुन्छ भनेर प्रक्षेपणसहित पूर्वाधार बनाउन लागेका छौं,’ उनले भने,’यो काम गर्न काठमाडौंमा मात्रै ६० अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।’ मूल रुपमा सबस्टेसन र व्दिुत पूर्वाधारका लागि जग्गा किन्नुपर्ने भन्दै उनले भविष्यमा खाली जग्गा नै नपाइने भएकाले अहिले नै त्यसमा लगानी आवश्यक रहेको औंल्याए ।

अहिले खपत नभएको बिजुली निर्यातको विकल्प नरहेको उनको भनाइ छ । ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान(प्रदान गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनीबाहेका निकायहरुलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक भइरहेको उनले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board