विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको विद्यालय बन्द

बाग्लुङ, १२ भदौ । बाग्लुङमा विद्यार्थी बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि तीन दिनका लागि बिद्यालय बन्द गरिएको हो ।

प्रधानाध्यापक देविदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्यगरी बेहोस हुन थालेपछि विद्यालय बन्द गर्नु परेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति