बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल

काठमाडौँ, १२ भदौ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध ९–० को जित निकालेको छ ।

लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गरे । यस्तै, हार्भे इलियोट, ट्रेन्न्ट एलेक्सजाण्डर अर्नोल्ड , भर्गिल भान डाइक र फाबियो कार्भाल्होले समान एक एक गोल गरे ।

बर्नमाउथका क्रिस मेपहमले आत्माघाति गोल गरे । पहिलो हाफमा पाँच गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।

जितसँगै लिभरपुल चार खेलबाट ५ अंक जोड्दै आठौँ स्थानमा छ । बर्नेमाउथ ४ खेलबाट तीन अंकसहित १६औँ स्थानमा छ ।

यस्तै, अन्य खेलमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेका निर्णायक गोलमा म्यानचेष्टर युनाइटेडले शनिबार चाडो गरी भएको खेलमा भ्रमणकारी टोली साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍यो ।

अर्को रोमाञ्चक खेलमा एर्लिङ हाल्यान्डको ह्याट्रिक मद्धतमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन ४–२ को जित निकाल्यो ।

यता, चेल्सीले लेस्टर सिटीलाई २–१ ले हरायो । १० खेलाडीमा सिमित चेल्सीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए ।

यस्तै, अन्य खेलमा बेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेले भने ब्राइटनले भने लिड्स युनाइटेडलाई १–० ले पराजित गर्‍यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board