रोहित सम्मिलित केडिरीको छैटौँ हार

काठमाडौँ, १२ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौँ पराजय बेहोरेको छ ।

लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसँग ४–० ले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले गोल गरे ।

खेलको आठौँ मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३औँ मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे । यस्तै, ७०औँ मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२औँ मिनेटमा बारुले चौथो गोल गरे ।

खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।

लिगा वानमा सात खेल खेलेको केडिरीको यो छैटौँ हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ । यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board