डायनाले चढेको गाडी लिलाममा बिक्री

लन्डन, १२ भदौ । बेलायतकी पूर्वराजकुकारी डायनले चढेको गाडी लिलामीमा बिक्री गरिएको छ । डायनको मृत्युको २५औँ वार्षिकीको अवसरमा उनले चढेको फोर्ड स्कर्ट ७ लाख ३७ हजार पाउन्डमा बिक्री गरिएको हो । बोलपत्र १ लाख युरोबाट सुरू भएको थियो ।

नीलो पट्टी भएको कालो फोर्ड एस्कर्ट आरएस टर्बो १ डायनाले सन् १९८५ देखि १९८८ मा चलाएकी थिइन् । उनले शाही परिवारको भब्य रोल्स–रोयसेस र डेमलरको सट्टा आफ्नै कार राखेकी थिइन् । डायनाको ३६ वर्षको उमेरमा फ्रान्सको राजधानी पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति