ब्रिटनीले गरिन् इन्स्टाग्राम डिएक्टिभ

काठमाडौँ, ११ भदौ । हलिउड गायिका ब्रिटनी स्पीयर्सले आफ्नो इन्स्टाग्राम एकाउण्टलाई डिएक्टिभ गरेकी छन् । उनले डिएक्टिभ गरेको यो पहिलोपटक भने होइन । यसअघि उनले तीनपटक डिएक्टिभ गरिसकेकी छन् । उनले यसपटक डिएक्टिभ गर्नुपर्ने कारण पनि बताएकी छन् ।

उनले इन्स्टाग्राम डिएक्टिभ गरेपछि निरन्तर ट्वीट गरिरहेकी छन् । ‘म दिनहुँ सिकिरहेकी छु । म राम्रो व्यक्ति बन्ने कोसिस गरिरहेको छु । म त्यही गरिरहेकी छु, जसले मलाई खुसी दिएको छ । मैले आज खुसीलाई छानेकी छु । म हरेक दिन आफूलाई भन्छु कि आहत हुने तनावलाई छोडिदिनु । आफूलाई र अर्को जो दुःखी हुन्छन्, उनीहरुलाई माफी दिन कोसिस गर्नु,’ उनले ट्वीट गरेकी छन् ।

‘जब म सानी थिएँ, निडर हुन चाहन्थे । म यती डराएर बस्न चाहदिन थिएँ । म प्रार्थना गर्छु कि सत्यमा पवित्र आत्मामा सत्यता छ र मलाई आशा छ कि पवित्र आत्मा मेरो सन्तानसँग पनि छ । हो मैले आज सुख र खुसी छानेकी छु’, उनले लेखेकी छन् ।

ब्रिटनीले सेम असगरीसँग गत जूनमा विवाह गरेकी थिइन् । उनीहरुले सन् २०२१ मा इन्गेजमेन्ट गरेका थिए । यो जोडी पाँच वर्षयता प्रेम सम्बन्धमा थिए । सन् २०१६ मा ब्रिटनीको म्युजिक भिडियोको सेटमा उनीहरुको भेट भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board