फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ, ११ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अखिल भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ । सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालीन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो । एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो ।

यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागु गर्ने जिम्मेवारी दिएको थियो । तर, फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागु हुने गरी निलम्बन गरेको थियो ।

त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तीव्र रूपमा कार्य गरिरहेको थियो ।

भारतको सर्वोच्च अदालतले सोमबार आफैँले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो ।

सो आदेशलगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफासमक्ष आग्रह गरेका थिए ।

फिफाले पूर्ण रूपमा एआइएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो ।

एआइएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदै छ । फिफाले एआइएफएफको दैनिक गतिविधिमा निरन्तर निरीक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ ।

निलम्बन फुकवा भएसँगै भारतले अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने भनिएको यू–१७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board